Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकको महेन्द्रनगर आन्तरिक राजश्वकार्यालय एक्सटेन्सन काउण्टर

२०७६ श्रावण ५ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो २९ औं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले आन्तरिक राजश्वकार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरबाट कारोबार सुरु गरेको हो ।

उक्त काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथशर्मा (पंगेनी)ले उद्घाटन गरेका छन् । सो अवसरमा प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । उनले सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी गराएका थिए ।

यस्तै ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखाप्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने तथा प्रभावकारी सेवाप्रदान गर्ने प्रतिवद्धता गरे । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टरसुरु गरेको जानकारी उनले दिए ।

बैंकले हाल मुलकभर १ सय ३८ शाखा, १ सय ४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १ सय ६८ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्ससेवा समेत प्रदानगर्दै आइरहेको छ ।

Ad