July 21st, 2019

नौ बीमा कम्पनीले अझै पुर्याएनन् चुक्तापुँजी

बैंकिङ खबर । तेस्रो पटक थपिएको म्याद सकिँदासम्म पनि नौ वटा बीमा कम्पनीले निर्धाति न्युनतम चुक्तापुँजी पुर्याएका छैनन् । बीमा समितिले २०७५ असार मसान्तभित्र नै जीवन बीमा कम्पनीहरूलाई दुई अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुलाई एक अर्ब निर्देशन दिएको थियो । उक्त समयमा अधिकांशले पुँजी पुर्याउन नसकेपछि समितिले पहिलोपटक ०७५ पुस मसान्तसम्मको समय दिएको थियो । त्यसपछि पनि छ महिनाको म्याद थपेर ०७६ असार मसान्त कायम गरिएको थियो । उक्त समय पनि सकिसक्दा समेत नौ वटा कम्पनीको चुक्तापुँजी तोकिएको भन्दा कम रहेको छ ।

कुनुकुनको चुक्ता पुँजी पुगेन ?
चुक्तापुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुमा चार जीवन बीमा कम्पनी र पाँच निर्जिवन बीमा कम्पनी रहेका छन् । आर्थिक वर्ष २०७५।७६को तेस्रो त्रैमासिक रिपोर्टअनुसार, यी नौ कम्पनीहरुको चुक्तापुँजीको अवस्था यसप्रकार रहेको छः

प्राइम लाइफ इन्स्योरेन्स : एक अर्ब ७८ करोड रुपैयाँ
सूर्या लाइफ इन्स्योरेन्स : एक अर्ब १३ करोड रुपैयाँ
गुराँस लाइफ इन्स्योरेन्स : ६४ करोड १५ लाख रुपैयाँ
राष्ट्रिय बीमा संस्थान : एक अर्ब ८१ करोड रुपैयाँ

एनएलजी इन्स्योरेन्स : ६४ करोड चार लाख रुपैयाँ
युनाइटेड इन्स्योरेन्स : ३० करोड २४ लाख रुपैयाँ
प्रुडेन्सियल इन्स्योरेन्स : ६४ करोड १५ लाख रुपैयाँ
लुम्बिनी जनरल इन्स्योरेन्स : ८८ करोड रुपैयाँ
राष्ट्रिय बीमा कम्पनी : २६ करोड ६६ लाख रुपैयाँ

नेपालमा हाल १९ जीवन बीमा कम्पनी र २० निर्जिवन बीमा कम्पनी सञ्चालनमा छन् ।