Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा लघुवित्त क्षेत्रको अवस्था : सदस्य २६ लाख नाघे, लगानी दुई अर्बमाथि

२०७६ श्रावण ४ गते

प्रकाशराज शर्मा, उपाध्यक्ष, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन
नेपालमा लघुुवित्तको इतिहास हेर्ने हो भने २६।२७ वर्ष पुरा भइसकेको छ । यस बीचमा लघुवित्तले धेरै उद्यमीहरुलाई सेवा दिएर सफल उद्यमी बनाएको छ र अझै बनाउने क्रममा छ । लघुवित्तको पहिलो फोकस जीविकोपार्जनमा हुन्छ । त्यसपछि उद्यमशीलता र व्यवसायिकताका कुरा आउँछन् ।

नेपालमा अहिले ९१ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालन भइरहेका छन् । यी लघुवित्त संस्थाको सदस्य संख्या २६ लाख ५६ हजार पुगेको छ । जसमध्ये, ९७।९८ प्रतिशत सदस्य महिला रहेका छन् । २६ लाख मान्छेको नाममा दुई खर्ब १७ अर्ब रुपैयाँ लघुवित्त मार्फत लगानी भइरहेको छ । त्यो २५ लाख ५६ हजार लगानीमा कर्जा ऋणीको भागमा औसत ८५ हजार रुपैयाँको ऋण पर्छ ।

अप्रत्यक्ष रुपमा बैंकहरुले लघुवित्तलाई १८ अर्ब कर्जा दिएका छन् । समग्रमा लघुवित्तका अहिले ३५ सय जति शाखाबाट लगभग छ करोड २६ लाख रुपैयाँ ऋण वितरण भएको छ ।

लघुवित्तले बचत गर्न सिकाएका छन् । १।२ रुपैयाँबाट सिकाएको बचतले आज बचत सदस्य ३२ लाख पुगेको छ । बचत रकम ७७ अर्ब रुपैयाँ छ । विपन्न वर्गको १।१ रुपैयाँ गरेर ७७ अर्ब पुगेको हो ।

बैंकमा एक जनाले छ करोड रुपैयाँ कर्जा लिएको हुन्छ, त्यसैले जोखिम बढी हुन्छ । लघुवित्तबाट सानो कारोबार मात्र हुने हुँदा जोखिम पनि कम नै हुन्छ । लघुवित्त क्षेत्रमा अहिले निष्कृय कर्जा १ प्रतिशतको हाराहारीमा मात्रै छ । शर्माद्धारा बैंकिङ खबरसँग गरिएको कुराकानीमा आधारित

Ad