Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

भारित औसत सिडिएसबाटै गराउन इन्भेष्टर्स फोरमको माग

२०७६ श्रावण ३ गते

बैंकिङ खबर । नेपाल इन्भेस्टर्स फोरमले भारित औसत दरको निर्धारण सिडीएस स्वयंले गर्ने ब्यवस्था गर्न माग गरेको छ । लगानीकर्ता आफैँ ब्रोकर अफिसमा गएर आफुले शेयर खरिद गरेको शेयरको लागत स्वघोषणा गर्ने ब्यवस्था अब्यबहारिक रहेको बताउँदै फोरमले तत्काल भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडीएसबाट नै गराउन माग गरेको हो ।

साथै फोरमले यस अघि अर्थमन्त्रालयमा भएको सरवापक्षीय सहमति कार्यन्वयन गर्न पनि आग्रह गरेको छ । अन्यथा पुनः आन्दोलन गर्ने चेतावनी समेत फोरमले दिएको छ ।