बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेड र आईएमई मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई मोटर्समार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आईएमई मोटर्सका कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए ।