July 18th, 2019

ललितपूरको मेघा हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले छुट पाउने

बैंकिङ खबर । एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले ललितपूरको धोबिघाटमा रहेको मेघा हस्पिटलमा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार, बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकले मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेका थिए ।