विरु राम जैशी–प्रमुख कार्यकारी आधिकृत, कञ्चन डेभलपमेन्ट बैंक
वित्तीय क्षेत्रमा पहुँच नपुगेका ठाउँको मानिसलाई वित्तीय क्षेत्रमा कसरी ल्याउने भन्ने विषय नै वित्तीय जागरण हो । यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । बैंकिङ पहुँच नपुगेका ठाउँका मानिसलाई बैंकिङ पहुँचमा ल्याउने, बैंक भनेको के हो ? यसले कसरी काम गर्छ ? यसमा के कस्ता सुविधाहरु पाईन्छ ? जनताको लागि यसले के के काम गर्छ ? भन्ने कुराहरु बैंकबारे जानकार नभएका व्यक्तिहरुलाई जानकारी गराउने यसको मुख्य उद्देश्य हो ।
अर्को भनेको, बैंकबारे अलिअलि भएपनि जानकार मानिसहरुलाई बैंकबाट कर्जा लिईसकेपछि त्यसको कसरी सदुपयोग गर्ने भन्ने विषय जान्नु आवश्यक हुन्छ । हामी गाउँघरमा पनि स–साना समुहहरु बनाएर कारोबार गरिरहेका हुन्छौँ । समुह बनाएर कर्जा लिने भनेको कसैको ऋण तिर्न, विहे ब्रतबन्ध गर्नका लागि होईन । कर्जा लिने भनेको व्यवसाय गर्नका लागि हो ।
लघुवित्तमा देखिएको अहिलेको समस्या जुन उद्देश्यको लागि तपाईंहरुले खर्चको सुची लिएर जानुहुन्छ, त्यो पैसा त्यहि क्षेत्रमा लगानी भएको हुनुपर्र्र्र्छ । समुहबाट पैसा लिएर मान्छे फरार भन्ने जस्ता समाचारहरु बजारमा आईरहेका हुन्छन् । यी कुराहरुमा हामीले विचार पुर्याउनुपर्ने हुन्छ । बैंकमा पेश गरेका कागजातहरुका आधारमा तपाईंहरुलाई बैंकले ऋण दिने हो । अबका दिनमा कर तिर्दा २५ सय तिर्नुहुन्छ, ऋण १ करोड माग्न आउनुहुन्छ । त्यसमा कर मिल्दैन । त्यतिबेला हामीसँग जोशजाँगर छ, धितो छ, व्यवसाय छ, तर पनि बैंकले हामीलाई ऋण दिँदैन भन्न गुनासो आइरहेको हुन्छ । यो कुरा जायज छ तर कानुनी प्रावधान पनि मान्नुपर्ने हुन्छ । तपाईंले व्यवसायमा करमा पारदर्शी हुनुपर्छ ।
यदि यसो भएन भने बैंकले तपाईंहरुलाई कर्जा सहजै दिने अवस्था रहँदैन । बैंकिङ कारोबारमा रहेका व्यवसायीहरुलाई यसको जानकारी वित्तीय साक्षरताले दिनुपर्छ । जुन क्षेत्रका जनतालाई त्यसको आवश्यकता छ, साक्षरता त्यहाँ पुगेको छैन । राज्यले कृषि क्षेत्रमा कुन कुनमा केके सुविधा दिएको छ, कुन कुनमा अनुदान दिएको छ, कुन–कुन क्षेत्रमा बीमा छ, भन्ने कुरा वास्तबिक किसानलाई जानकारी नै हुदैन ।
तीन तहका सरकार भइसके पनि त्यो क्षेत्रतिर स्थानीय सरकारले त्यस्ता कार्यक्रम गरेर बैंकहरुलाई जानकारी गराईदिए बैंकहरु कार्यक्रम गर्न , जानकारी दिन हामी हर्दम तयार छन् । राज्यले दिएको सेवासुविधा लिने मात्रै हैन कि सबैले राज्यलाई के दिने भन्ने कुरा नि सोच्नुपर्यो । तब मात्र देश विकास सम्भव हुन्छ ।





