Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राजश्व बुझ्ने बैंकको काउन्टर राती खुलाउन महालेखा नियन्त्रकको निर्देशन

२०७६ असार ३१ गते

बैंकिङ खबर । महालेखा नियन्त्रकको कार्यलयले राजश्व बुझ्ने सबैं बैैंक तथा वित्तीय संस्थाहरुको काउन्टर आज राती अबेरसम्म खुला राख्न निर्देशन गरेको छ । राजश्व बुझ्ने सबै बैंक तथा वित्तीय संस्थाहरुको काउन्टर सहजता अनुसार राती अबेरसम्म खुला राख्न कार्यलयले निर्देशन दिएको हो ।

आर्थिक वर्षको अन्त्यमा राजश्व बुझ्ने बैंक तथा वित्तीय संस्थाहरुमा सदैव चाप रहन्छ । अघिल्ला वर्षहरुमा बैंक काउन्टरमा रहेको चापका कारण कतिपय राजश्व रकम भुक्तानी गर्न बाँकी नै हुने गर्दथ्यो । उक्त समस्यालाई नियन्त्रण गर्न भन्दै महालेखा कार्यलयले यस्तो निर्देशन जारी गरेको हो ।

साथै कार्यलयले खर्चको चेकहरु पनि सम्भव भएजति आजै साट्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । कार्यलयले चेक क्लियरिङ हुने सबै शाखा तथा काउन्टरहरु राती अबेरसम्म खुला गर्नका लागि निर्देशन दिएको छ ।