July 15th, 2019

साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेट बिच भुक्तानी सम्झौता

बैंकिङ खबर । साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानीगर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

रुपन्देहीको बुटवलमा केन्द्रीयका र्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमान्चल क्षेत्रका विभिन्न स्थानमा संचालित ३९ शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यस्तै सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमाशुल्कभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हालखल्तीप्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।