July 15th, 2019

एनआईसी एशिया बैंककोे गोरखा सिउरेनीटारमा शाखारहित बैंकिङ सेवा

बैंकिङ खबर । एनआईसी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।

उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन सोहि वडाका अध्यक्ष राम प्रसाद रेग्मी गरेका हुन् भने सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँ मै स्थानीय प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् करिब १६ लाख ग्राहकमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।