July 14th, 2019

गोरखाको सिउरेनीटारमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा

बैंकिङ खबर । एनआईसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा आपm्नो ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।