July 14th, 2019

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ऊँ समाज डेण्टल हस्पिटलमा विशेष छुट

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकका ग्राहकले चाबाहिलको ऊँ समाज डेण्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार, मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ऊँ समाजमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र हस्पिटलका अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका थिए ।