बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी, संचालक देव कृष्ण काफ्ले र गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुरु गरेका हुन् ।
नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने बैंकको योजना रहेको छ ।