July 12th, 2019

मुक्तिनाथविकास बैंक र चिरायु अस्पताल बीच सहकार्य

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमाविशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र बैंक का तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्ति नाथ विकास बैंकका भिसा डेबिट कार्ड वाहकग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामाउपचार गराउँदातोकिएकाविभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको जनाइएको छ ।

बैंक देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।