July 11th, 2019

राष्ट्रिय वाणिज्य बैंक र घरेलु तथा साना उद्योग महासंघ बीच सम्झौता

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुंदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]