July 11th, 2019

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ मा २ सय २१ औं शाखा स्थापना गरि कारोबार शुरु गरेको छ ।

उक्त शाखा कार्यलयको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गरेका हुन् । उनले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

बैंकले देशको सातै प्रदेश तथा ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग बाट सेवाग्राहीमा सेवा दिइरहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]