प्रिया लामा , बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । नेपालगंजमा अवस्थित लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिमिटेडद्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजसंग बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई स्वास्थ्य सेवामा छुट दिने गरि सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा श्रावण १ गते बाट लाग हुने गरि १०% सम्मको छुट पाउने जनाईएको छ । सो सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि. का प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका हुन् ।




