Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको नयाँ शाखा हुम्लाको खार्पुनाथमा

२०७६ असार २५ गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले सबै स्थानियतहमा बैंकिङ सेवा पुर्याउने उदेश्यले हुम्लामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । उक्तशाखाको उद्घाटन खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष रावलले सञ्चालनमा आएका प्रभु बैंकको शाखाले खार्पुनाथ शाखाकार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा उपलब्ध हुने विस्वास राखे । साथै बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका त्यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरेका थिए ।

हुम्लाको खार्पुनाथ शाखा समेत गरी बंैकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुलाई सेवाप्रदानगर्दैै आएको छ ।

Ad