बैंकिङ खबर । एनआईसी एशिया बैंकले एकैसाथ तीन स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्र्याको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिकास्थित खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित मोग्लाह र मोरङ्गको सुनबर्षी नगरपालिकास्थित अमरदहमा शाखारहित बैंकिङ सुरु गरेको हो ।
बैंकले खुदनाबारीका लागि खड्गमागा पराजुली, मोग्लाहका लागि जलालुद्दिन मुसलमान र अमरदहका लागि योगेन्द्र संग्रौलालाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ । यससँगै बैंकको शाखाहित बैंकिङ सेवाको संख्या ४० पुगेको छ ।