June 16th, 2016

आईएलएफसिओ माइक्रोफाइनान्सले एकैसाथ विस्तार गर्यो दुई शाखा

ilfcoआई.एल.एफ.सि.ओ.माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ले लघुवित्त कार्यक्रम विस्तार गर्ने क्रममा नुवाकोट जिल्लाको खड्गभञ्जाङ्ग र दाङ्ग जिल्लाको लक्ष्मिपुरमा थप २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संस्थाले बुधबारदेखि सो शाखाहरु सञ्चालनमा ल्याएको हो । उल्लेखित नयाँ शाखा कार्यालयको स्थापना संगै यस वित्तीय संस्थाको शाखा संख्या १२ पुगेको छ । 

इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनिको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले आ.ब. २०७२/२०७३ को बैशाख मसान्त सम्ममा १० वटा शाखा कार्यालय मार्फत जम्मा ९ जिल्लाका ५१ गा.वि.स./न.पा. हरुमा आफ्नो कार्यक्रम विस्तार गर्दै जम्मा ५,३४० घरपरीवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आ.ब.को बैशाख मसान्त सम्ममा यस वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई रु ५५ करोड ४९ लाख ९ हजार ऋण लगानी गरी सकेको छ भने बैशाख मसान्त सम्ममा लगानिमा रहीरहेको रकम रु १४ करोड ७२ लाख १९ हजार रहेको छ । यसैगरी सोहि अवधि सम्ममा ग्रहाक सदस्यहरुबाट रु ४ करोड ७५ लाख ३७ हजार बचत संकलन गर्न संस्था सफल भएको छ ।