Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकद्धारा मिथिलाको विद्यालयलाई सहयोग

२०७६ असार २२ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको धनुषास्थित ढल्केवरमा रहेको शाखाले स्थानीय एक विद्यालयमा सरसफाई सामाग्री तथा पानी राख्ने ड्रम उपलब्ध गराएको छ । मिथिला न.पा. वडा नं. ७ स्थित श्री राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालय केमलीपुरमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका प्रधानाध्यापक निल प्रसाद वास्तोलालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्र.अ. वास्तोलाले सरसफाई र विद्यार्थीलाई पिउने पानीको लगि ड्रम उपलब्ध गराएकोले बैंक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

यस्तै शाखा प्रवन्धक बर्मालेसामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा यस प्रकारका कार्यहरु गर्दै जाने बताए ।

Ad