बैंकिङ खबर । प्राइम कर्मसियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । मर्जर तथा प्राप्तीका लागि पाटर्नर बैंकको खाजिमा रहेको प्राईम बैंकले अन्तत कैलाश विकाश बैंकसंग प्राप्तीको सम्झौता गरेको हो ।
उक्त बैंक प्राप्ती सम्बन्धी सम्झौतापत्रमा प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
लामो समय सम्म ओम बैंकसंग मर्जरको प्रकृयामा रहेको प्राईम बैंक सो मर्जर पकृया भंग भए पश्चात धेरै वटा बैक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तीको प्रस्ताव पठाएको थियो । कैलाश विकास बैंकसंग पनि प्राइम बैंकको लामो समयदेखि शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो)को बारेमा कुरा मिलेको थिएन । तर प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको पश्चात प्राइम बैंकको केन्द्रिय कार्यलयमा नै प्राप्ती सम्बन्धी सम्झौता भएको हो ।


