July 5th, 2019

ग्लोबल आईएमई बैंक र जनता बैंकले गरे मर्जरको सम्झौता

बैंकिङ खबर । ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले एक आपसमा मर्जरको सहमति गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको पाटर्नर खोजिसक्न निर्देशन दिए पश्चात यी बैंकहरुले मर्जरको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात नाम बैंकको नाम ग्लोबल आइएमइ बैंक राखिने गरि उक्त सम्झौतापत्रमा ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।सेयर आदान प्रदान अनुपात (स्वाप रेसिया) ८५ प्रतिशत रहने गरि दुई बैंकबिच सांग्रिला होटेलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]