June 15th, 2016

नागरिक लगानी कोषको रकम सिधै अब नेपाल बैंकको केन्द्रिय खातामा

nblनागरिक लगानी कोषको रकम नेपाल बैंकको केन्द्रिय खातामा सिधै जम्मा हुने भएको छ । बुधबार कोष र बैंकबिच कोषको रकम बैंकको केन्द्रिय खातामा एविविएसमार्फत सिधै जम्मा हुने सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरे ।

बैकका सबै कार्यालयबाट एविविएस मार्फत रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता गरिएको बताइएको छ । आगामी साउन देखी कोषको रकम केन्द्रिय खातामा जम्मा हुनेछ । सम्झौता अनुरुपको कार्य शुरु भएपछि नेपाल भरी बैंकका शाखाहरुमा कोषको नाममा रहेका सबै खाता बन्द गरी बांकि रहेको सम्पुर्ण रकम बैंकको बैंकिङ अफिस काठमाण्डौ स्थित कोषका सम्बन्धित खाताहरुमा बैंकले जम्मा गर्नेछ । यसको लागि पाँचवटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नं. उल्लेख भएको अलग अलग भौचरको व्यवस्था बैंकले गर्नेछ । त्यस्ता खाताहरुमा नागरिक लगानी कोष  कर्मचारी वचत वृद्वि अबकाश कोष, नाल कोष निजामती बिमा कोष, शिक्षक बिमा कोष,सैनिक बिमा कोष र नेपाल प्रहरी बिमा कोष रहने छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ ।