बैंकिङ खबर । कृषि विकास बैंकले कपिलवस्तुको जितपूर स्थित सिद्धार्थ बहुमुखी क्याम्पसको परिसरमा निर्माण भएको सरस्वति मन्दिरमा मुर्ति स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रदेश ५ का सभासद विष्णु पन्थि र कृषि विकास बैंकका क्षेत्रीय कार्यालय भैरहवाका का.मु.निर्देशक सुदिप कुमार दहाद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त मन्दिरका लागि बैंकले तीन लाख रुपैयाँ सहयोग गरेको हो ।