बैंकिङ खबर । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले मंगलबार विहान पुर्ण बैठक बस्ने भएको छ । समसामयिक विषयमा छलफल गर्न भन्दै संघले २८ वटै वाणिज्य बैंकलाई बोलाएको छ । बैंकहरुलाई बैठकका लागि पठाइएको पत्रमा विग मर्जरको विषयलाई बैठकको एजेण्डको उल्लेख नगरिए तापनि यो विषयमा छलफल हुने आँकलन गरिएको छ ।
नेपाल राष्ट्र बैंकले असार १२ गते वाणिज्य बैंकको सिईओ र अध्यक्षलाई बोलाएर मौद्रिक नीति अगावै कुन बैंक कुन सँग मजर्रमा जाँदै छ भनेर लिखित प्रतिवद्धता पठाउन निर्देशन दिएको थियो । बैंकको संख्या धेरै भएका कारण मर्जरमार्फत घटाउनुको विकल्प नरहेको निष्कर्षमा राष्ट्र बैंक पुगेको छ । यस्तो अवस्थामा बैंकर्स संघको बैठक बस्न लागेकाले मर्जरको विषयमा छलफल हुन सक्ने अनुमान लगाइएको छ ।
मंगलबार विहान १० बजे संघको कार्यालयमा बैठक हुँदैछ ।