Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

२०७६ असार १५ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं डिल्लीबजार स्थित अमृत भोगमा साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५०,२६,५५,५१९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम रु. २०,०२,१२,४४१.५४ नगद लाभाश र १.५ प्रतिशतले हुने रकम रु. ३,७५,३९,८३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्य योजना सहित अगाडि बढेको बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए । भने, सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए ।

शेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिएका थिए भने कार्यक्रमको सञ्चालन कम्पनीका सचिव हरि प्रसाद लम्सालले गरेका थिए ।

 

 
Ad