बैंकिङ खबर । आर्थिक ऐन २०७६ ले मूल्य अभिबृद्धि कर(भ्याट)को दायरामा केही व्यवसायहरु थप गरेको छ । मूल्य अभिबृद्धि कर ऐन २०५२ लाई संशोधन गरी गहुँको आटा, सोयावडी मस्यौरा, टेम्पो र ढुवानी सेवामा भ्याट लाग्ने व्यवस्था गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागले महानगरपालिका,उपमहानगरपालिका, नगरपालिका क्षेत्रमा संचालन भएका शैक्षिक तथा कानूनी परामर्श दिने संस्थाका साथै मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसास थेरापी, मोटर्स पार्टस, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय र कवाडी तथा पत्रु व्यवसायलाई भ्याटमा दर्ता गर्न भनेको छ ।
जेठ १५ देखि सो व्यवसाय भ्याटको दायारमा आएको जानकारी गराउँदै विभागले चाँडोभन्दा चाँडो आफ्नो कारोबार रहेको क्षेत्रको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गरी भ्याटमा दर्ता हुन अनुरोध गरेको छ ।


