बैंकिङ खबर । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले वीरगञ्जको नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौताअनुसार, नारायणी वयोधा हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा पाउनेछन् ।
बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र स्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।