बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सीईओहरुलाई बैठकमा डाकेको छ । मर्जरमा जान दबाब दिने उद्देश्यले राष्ट्र बैंकले बिहीबार दरबारमार्गस्थित याक एण्ड यति होटेलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र सीईओलाई बैठकमा बोलाएको हो ।
बैठकमा बजेटले वित्तीय क्षेत्रका बारेमा समेटेका सबै विषयमा छलफल हुनेछ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र सीइओसँग छुट्टाछुट्टै छलफल गर्नेछ । वाणिज्य बैंकका अध्यक्ष र सीइओलाई बिहान ११ बजे, विकास बैंकका अध्यक्ष र सीइओलाई दिउँसो १ बजे र फाइनान्स कम्पनीका अध्यक्ष र सीइओलाई दिउँसो ३ बजे बोलाइएको छ ।
गभर्नर डा. नेपालले वाािण्ज्य बैंकहरुको संख्या १५ वटामा झार्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेका छन् । मौद्रिक नीति असार अन्तिम साता ल्याउने तयारी भइरहेको छ ।


