June 25th, 2019

धनगढीको सी.पी. हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले धनगढीको सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटकबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकले करिब १६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]