June 24th, 2019

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभु बैंकको शाखा विस्तार

बैंकिङ खबर । प्रभु बैंकले धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहका बीच शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले उक्त शाखाबाट वरिपरिका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणले सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्राप्त गर्ने भन्दै खुसी व्यक्त गरे । बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका उक्त क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत उनले आग्रह गरे ।

आरुघाट शाखा कार्यालय समुदघाटन कार्यक्रममा धादिङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङ्गका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आरुघाट शाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]