June 24th, 2019

गरिमा विकास बैंकका ग्राहकलाई मनमोहन मेमोरियल अस्पतालमा छुट

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । यस विषयमा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्डहोल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]