June 24th, 2019

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच प्रिमियम भुक्तानी सम्झौता

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

खल्तीका निर्देशक अमित अग्रवालले अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु नपर्ने बताए । ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप यो लिङ्कबाट डाउनलोड गर्न र इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]