Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आयो रिडी हाइड्रोपावरको हकप्रद शेयर

२०७३ असार १ गते

ridiरिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर बिक्री बुधबारदेखि खुलेको छ । कम्पनीको १० बराबर ३.५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो । हालको चुक्ता पुँजी ३३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ११ करोड ५५ लाख रुपैयाँको हकप्रद सेयर विक्रि गर्न लागिएको हो । आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले आफूसँग भएको सेयरको ३५ प्रतिशत सेयरका लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीले हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल नियुक्त गरेको छ । कम्पनीको हकप्रद निष्कासनले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ प्राप्त छ । कम्पनीले रिडीखोला आयोजनाबाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आइरहेको छ ।