बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले ई सेवा काउन्टर डिपोजिट सेवा शुरु गरेको छ । बैंकले आफ्नो जुनसुकै शाखाको काउण्टरबाट ई सेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको हो ।
हाल बैंकका ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ(बैंकिङ्गबाट मात्र रकम जम्मा गरिरहेका थिए भने अब र्ई सेवा काउन्टर डिपोजिटको सेवाबाट पनि ई सेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नैई सेवामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले मुलुकभरका आफ्ना २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १६ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
