June 21st, 2019

कैलालीको हावाहुरी पिडितलाई जनता बैंकको आर्थिक सहयोग

बैंकिङ खबर । जनता बैंक नेपालले हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । बैंकले गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलालीको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि १ लाख ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेको हो ।

उक्त रकम बैंकले धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापनकोष’ लाई हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक बैंकको सुदर पश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्द प्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्रभट्टलाई हस्तान्तरण गरेका थिए । उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिने जनाइएको छ ।

जनता बैंकले संस्थागत सामाजिकउत्तरदायित्वका क्षेत्रमावित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहतलगाएतअन्यविभिन्न सामाजिककार्यहरु गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]