Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एनआईसी एशिया बैंकमा ४ सय जनालाई रोजगारीको अवसर

२०७६ असार ६ गते

बैंकिङ खबर । एनआइसी एशीया बैंकले विभिन्न पदका लागि ४ सय जना कर्मचारीहरु माग गरेको छ । बैंकले शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर, सर्भिस म्यानेजर र हस्पिटालिटी सर्भिसमा गरि ४ सय जना कर्मचारीहरुका लागि आवेदनको विज्ञापन खुल्ला गरेको हो ।

जसमा बैंकले प्लस टु र व्याचलर सकेका तथा कुनै पनि अनुभव नभएकाहरुका लागि पनि जागिरको अवसर प्रदान गरेको छ । नेपालमा संचालित बैंकहरु मध्ये सबै भन्दा बढी शाखा स्थापना गरिरहेको यो बैंकले उपत्यका भित्रका शाखा कार्यलयलका लागि स्नातकोतर गरि कम्तिमा १० बर्ष कार्य अनुभव भएका ५० जनाको लागि विज्ञापन गरेको छ ।

त्यस्तै रिलेसनसिप म्यानेजर पदका लागि ५० जना कर्मचारी स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको कार्य अनुभव माग गरेको छ । उक्त पदका लागि २१ वर्षदेखि ४० वर्ष उमेर समुहकाले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । सर्भिस म्यानेजर पदका लागि १ सय जना कर्मचारी आह्वान गरिएको छ । सर्भिस म्यानेजरका लागि पनि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव हुनु पर्ने छ भने यस पदमा १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले मात्रै आवदेन दिन सक्नेछन्।  

बैंकले मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्सका लागि प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले पनि आवदेन दिन मिल्ने गरि हस्पिटालिटी सर्भिसमा २ सय जना कर्मचारी माग गरेको छ । योग्यता पुगेकाहरुले असार २० गतेसम्ममा आवदेन दिन बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सक्ने बैंकले जनाएको छ ।