June 20th, 2019

हिमालयन बैंकद्घारा अनाथ असाहाय बालवालिकाहरुलाई खाद्यन्न सहयोग

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले असाहय अनाथ बालबालिकाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपूर महानगरपालिका—२३, हात्तीवन स्थित “नवकिरण अनाथ असाहाय बाल उत्थान समाजका ४२ जना बालवालिकाहरुलाई खाद्यन्न सहयोग गरेको हो ।

बैंकका तर्फवाट सो सहयोगका सामाग्री बैंकका महाप्रबन्धक सुशील जोशीले संस्थालाई हस्तान्तरण गरेका हुन् । उक्त समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिकाहरु तथा विभिन्न उमेर समुहका बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गरिरहेको छ ।

उसका साथै बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

हाल बैंकले ५९ वटा शाखा र १२० वटा ए टि एमबाट ग्राहकहरुका लागी समय सापेक्ष सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप १४ वटा शाखाहरु विस्तार गर्ने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]