June 20th, 2019

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच सम्झौता

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रा. लि. बिच खल्ती (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सहमतीपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात्, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]