June 19th, 2019

ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीलाई सुमेरु अस्पतालमा छुट

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीले सुमेरु अस्पताल प्रा.लि.को विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएका छन् । यससम्बन्धमा दुईपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र अस्पतालका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ललितपूरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट वा प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]