Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकले थप्यो ३ शाखारहित बैंकिङ्ग सेवा 

admin २०७३ जेष्ठ ३२ गते
सेयर:

citizensसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गा.वि.स. मा  थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउनका लागि यु. के. एडको लगानीमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा सो सेवा सञ्चालनमा ल्याएको हो । 

यस शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको छ । बैंकले बैकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।