बैंकिङ खबर । कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा प्रदान गर्ने भएको छ । यससम्बन्धमा दुई पक्ष बीच सम्झौता भएको छ ।
सम्झौताअनुसार, बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्न सक्नेछन् । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानी गर्न सक्ने बंैकले जनाएको छ ।