June 18th, 2019

हिमालयन बैंकद्धारा २४ बालबालिकालाई सहयोग

बैंकिङ खबर । हिमालयन बैंकले नागार्जुन न.पा.—५, सीतापाईलास्थित आदेश्वरमा रहेको “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुक्ताहरु तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो । बैंकका महाप्रबन्धकसुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।

देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ ।

बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]