Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राष्ट्र बैंकलाई डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सुझाव, बिग मर्जरमा जान सहुलियतको माग

admin २०७६ असार ३ गते
सेयर:

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्ष देखि नै गर्न खोजेको बिग मर्जरले यो बर्षमा पनि वित्तिय बजारमा चर्चा भइरहेको छ । नयाँ मौद्रिक नीति आउने समय नजिकिँदै गर्दा बिग मर्जरको बिषयले सर्बत्र चर्चा पाएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७६÷७७ को मौद्रिक नीति निमार्णको तयारी गरिरहेको बेला वित्तिय क्षेत्रका विभिन्न संघ संस्थाहरुले आ–आफ्ना मागहरु राख्न थालेका छन् । जसमा विकास बैंकहरुले पनि मुख्य माग बिग मर्जरको बिषयलाई बनाई आगामी मौद्रिक नीतिका लागि केन्द्रिय बैंकमा आफ्नो सुझाव पठाएका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले मर्जरका लागि सहुलियतको माग गर्दै अन्य ११ बुँदे सुझाब राष्ट्र बैंक पठाएको हो । सुझावमा संघले बिग मर्जरको बिषय उठान गर्नुका साथै ब्याजदर अन्तर (स्प्रेड दर) देखि शाखा बिस्तारसम्म सहुलियत माग गरेको छ । यसका साथै संघले मर्जर र एक्विजिनलाई प्रोत्साहन दिने हो भने ब्याजदर अन्तर, डिएसएलमा सहुलियत, क्षेत्रीय स्तरका विकास बैकहरुको स्प्रेड दरमा पुर्नविचार लगायतका अन्य सुविधा थप गर्नु पर्ने संघको माग छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।