बैंकिङ खबर । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लि. ( बिएफआइएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) बिच क्षमता अभिबृद्धि तालिम सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी पत्रमा बिएफआइएन को तर्फबाट प्रबन्धनिर्देशक डा. विनोद आत्रेयले हस्ताक्षर गरेका हुुन् ।
जुन १७ बाट २१ सम्म बिएफआइएन र सिपिएससको संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने Executive Leadership Development Program मा नेपालको बित्तीय क्षेत्रकाकर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने उदेश्यले बिएफआइएन र सिपिएससी सम्झौता भएको हो ।
उक्त समझदारी पत्रमा दुई संस्थाबिचको समन्वयमा बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा मान्यता प्राप्त शिक्षण संस्था संग आबद्ध भई ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालनगर्ने, सिपिएससीले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरुलाई इन्र्टनशिपमा पठाउन सकिने लगायतका बिषयबस्तुहरु समाबेश गरिएका छन् ।
बिएफआइएनको प्रबन्धनिर्देशक डा. आत्रेयले उक्त समझदारीले नेपालको मानव संसाधनविकासको क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने बिश्वास रहेको बताए । यस सम्झौता पश्चात सिपिएससीका सदस्य राष्ट्रहरु लगायत एशिया प्यासिफिक राष्ट्रहरुमा समेत शैक्षिक कार्यक्रमहरुको आयोजना गर्न सकिने हुदाँ अनुभव तथा ज्ञान आर्जनमा महत्वपूर्ण भुमिका रहने समेत जानकारी दिए ।
उक्त तालिममा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, बिकास बैंक तथा लघुबित्त संस्थाका २५ जना संचालकहरुको उपस्थिती रहेको थियो ।
सिपिएससी कोलम्बो प्लानअन्र्तगत सन् १९७३ बाट एशियाप्यासिफिक राष्ट्रहरुको प्राविधिक तथा व्यवसायिकशिक्षाप्रदानगर्दे आइरहेको संस्था हो । यस संस्थाले बिभिन्न बिषयहरुमा तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
बिएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्था र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुको संयुक्त लगानीमा स्थापना भएको हो । बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनगर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डमटम बैंककोे रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने बिएफआइएनको मुख्य उद्देश्य रहेको छ । संस्थाले स्थापना भएको छोटो समयमै ५० वटा राष्ट्रिय तथा ७ वटा अन्र्तराष्ट्रिय स्तरमा तालीम र २ वटा गोष्ठी सम्पन्न गरिसकेको छ ।
