Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तनहुँको गजौडे र उदयपुरको जलजलेमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

२०७६ असार १ गते

बैंकिङ खबर । सनराइज बैंकले तनहु जिल्लाको व्यास नगरपालिका वडा नं.९ गजौडे र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा ३५ पुगेको छ ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवाको पहुच शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

Ad