June 16th, 2019

‘मेगा रेमीट’ सेवा अब इजरायलबाट पनि

बैंकिङ खबर । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमीट सेवा विस्तार गर्ने बैंकको योजना छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]