June 15th, 2019

नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी : गाहक सेवा र उत्पादकत्व बृद्धिलाई प्राथमिकता दिने प्रतिवद्धता

बैंकिङ खबर । नेपाल बैंकको दुई दिने केन्द्रीय बजेट तर्जुमा गोष्ठी सम्पन्न भएको छ । चालु आ.व. २०७५।०७६ को समीक्षा तथा आगामी आ.व. २०७६।०७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले ग्राहक सेवाको गुणस्तर अभिबृद्धि, नयां प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिबृद्धि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, केवाईसि कम्प्लायन्स, ब्रान्चलेस तथा ईलेक्टोनिक बैकिंग सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन सहभागीहरुलाई दिशा निर्देश गरेका छन् ।

सो अवसरमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक विगतको असहज चौबाटोबाट पार भएतापनि प्रतिष्पर्धी वातावरणमा दिगो एवं गुणात्मक विकास निम्ति अझै लामो र कठिन बाटो हिंड्नु पर्ने आवश्यकता रहेको बताउँदै जस्तोसुकै कठिन अवस्थामा पनि एथिकल बैकिंग अभ्यासवाट रतिभर विचलित नभई बैंक अघि बढ्ने प्रतिवद्धता प्रकट गरे । व्यावसायिक विस्तार, वित्तीय पहुंच तथा वित्तीय स्थायित्व, संस्थागत सुशासन, कार्यसंस्कृतिमा सुधार जस्ता विषयमा गंभीर हुनुपर्ने आवश्यकतामा जोड दिँदै उनले बंैकका सबै सरोकारवालाको अपेक्षा पुरा गर्ने एकमात्र उपाय उत्पादकत्व अभिबृद्घि रहेको वस्तुसत्यलाई हृदयंगम गरि यस बंैकलाई उत्कृष्ट बैंक बनाउने सोच र सपनालाई सामुहिक रुपमा अंगिकार गर्दै त्यस दिशामा समन्वयात्मक ढंगले अघि बढ्न सहभागीलाई विशेष आग्रह गरे ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले बैंकले बचत एवं निक्षेप संकलनलाई विषेश महत्व दिई सोही अनुरुप कार्यक्रम तय गर्नुपर्ने तथ्य औँल्याए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]