कैलालीको टिकापुरमा प्रभु बैंकको शाखा

बैंकिङ खबर । प्रभु बैंकले कैलालीको टिकापुरमा नयाँ शाखा विस्तार गरेको छ । टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले शाखाको उद्घाटन गरेका छन् ।

टिकापुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यससँगै बैंकको शाखा संख्या १८४ पुगेको छ । यसबाहेक १४६ एटिएम र २३ एक्सटेन्सन काउन्टरमार्फत प्रभु बैंकले सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *